मुम्बई । रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्त फेरि विवाह गर्दैछिन्।
आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलबाट परम्परागत कपडामा सजिएको फोटो सार्वजनिक गर्दै सौन्दर्याले आफ्नो विवाहको बारेमा जानकारी दिएकी हुन्।
उनी कलाकार अनि व्यापारी विशगन वंगामुडीसँग विवाह गर्न लागेकी हुन्। सौन्दर्या, रजनीकान्त र लता रजनीकान्तकी कान्छी छोरी हुन्।
सोन्दर्याको जन्म सन् १९८४ को सेप्टेम्बर २० मा चेन्नाईमा भएको थियो।
उनले चेन्नाईमा नै पढेकी हुन्। उनी सन् २०१४ मा ‘कोचाडिँयान’ चलचित्र बनाएर चर्चामा आएकी थिइन्। यो उनको डेब्यू चलचित्र थियो। आफ्नो बुबासँग मिलेर बनाएको यो चलचित्र फिचर चलचित्र थियो।
सौन्दर्याको एक दिदी छिन्। उनको नाम ऐश्वर्या हो। उनले कलाकार धुनुषसँग विवाह गरेकी हुन्। ऐश्वर्य प्ले ब्याक सिंगर अनि निर्देशक हुन्।
सोन्दर्याको यो दोस्रो विवाह हो।
यो भन्दा अगाडि उनी अश्वनि राजकुमारसँथ विवाह भईसकेको थियो। सन् २०१० मा विवाह भएको थियो। सन् २०१७ मा उनीहरुको सम्बन्ध बिच्छेद भयो।
उनीहरुले आफ्नो विचारधारा फरक भएको भन्दै सम्बन्ध बिच्छेद गरेका थिए। उनीहरुको वेद नाम गरेका छोरा छन्।
सौन्दर्याले अहिले विवाह गर्न लागेका व्यक्ति कलाकार अनि व्यापारी हुन्। उनले दक्षिण भारतीय चलचित्रबाट सन् २०१८ मा डेब्यू गरिसकेका छन्।
यी दुईको ११ फ्रेब्रुअरीमा विवाह हुँदैछ। १२ फ्रेब्रुअरीमा ठूलो रिसेप्सन आयोजना हुँदैछ। विवाहको लागी आमा लताले कडा प्रहरी सुरक्षा व्यवस्थाको माग गरेकी छन्।
प्रकाशित मिति : मंगलबार, माघ २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्