प्युठानकाे भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा आठ जनाकाे मृत्यु

प्युठानकाे भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा आठ जनाकाे मृत्यु

प्युठान – प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा जीप चालक दाङकाे लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँका ९ वर्षीय छोरा आदित्य शाहको ज्यान गएकाे छ । ज्यान गुमाउनेमध्ये एक जनाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयाे ।

मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएकाे थापाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij