बुटवल- सि.एस.आई.टी. र सफ्टवेयर ईन्जिनियरिङ्गका बिद्यार्थीहरुका लागि अभ्यास, खोज, अनुसन्धान र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले बुटवलमा टुना टेक्नोलोजी प्रालिको स्थापना भएको छ । अत्याधुनिक बिश्वप्रसिद्ध टेक्नोलोजीमा आधारित वेभ डेभलपमेन्ट, वेभ डिजाईन, सफ्टवेयर एप्लिकेशन, नविनतम संचार प्रबिधि र ईन हाउस ईन्टर्नसिपको ब्यबस्था गरिएको छ । झण्डै १० करोड लगानीमा स्थापना भएको सो कम्पनीको सेवा उच्चस्तरिय आधुनिक प्रबिधि भएको र यसबाट सन्चार प्रबिधि आइ.टि.र सफ्टवेयर प्रोगामिङ्गका लागि काठमाडौं वा बिदेश जानु पर्ने अवस्थाको अन्त्य भएको बताइएको छ ।
बिगत एक बर्षदेखि अत्याधुनिक आइटि सेवा उपलब्ध गराउदै आएको टुना टेक्नोलोजी प्रालिले लामो अभ्यास र अनुभव हासिल गरेका बिज्ञहरुबाट पुर्णकालिन सेवा शुरु गरेसँगै छोटो समयमा आईटि उपभोक्ताको मुख्य रोजाईको बिषय बनेको छ । ब्यावसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइड तथा सूचना प्रविधि सम्वन्धी सम्पुर्ण सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सो टुना टेक्नोलोजी गुणस्तरीय सेवाकै कारण आम उपभोक्ताको मन जित्न सफल भएको हो ।
कम्पनीका संचालक, सफल उद्यमी तथा युवा ब्यबसायी ध्रुव न्यौपानेले आईटी सेक्टरको उच्चस्तरिय सेवा प्रदायक कम्पनी लुम्बिनी प्रदेशमा पहिलो पटक स्थापित भएर सेवा दिंदै आएको बताउनु भएको छ । दक्ष युवाहरुलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका आई टि विद्यार्थीहरुलाई ईनहाउस ईन्टर्नसिप गराउने समेतका गर्दै आएको उहाले बताउनु भयो । आधुनिक प्रबिधिको प्रयोग गरि सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिईएको उहाले दाबी गर्नुभयो ।
कार्यक्रममा टेक्नोलोजीका प्रमुख प्राविधिक (सिटिओ) सर्वजित मिश्राले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताउदै नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने जानकारी गराउनु भयो । हाल आफ्नै डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहेपनि भविष्यमा हुनसक्ने बताउनु भयो । प्लाटफर्म नै सरक्षित भएकाले ह्याकिङ, स्क्याम्को सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरु दिदै आएको बताउनु भयो ।
कम्पनीका सिईयो राजिव गौतमले ब्यक्तिगत र ब्यावसायिक दुबै प्रकारका एकाउन्ट बनाएर सेवा दिदै आएको जानकारी गराउदै कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपि, एच.एम.एस र साझा मेनु बजारमा लन्च भैसकेको बताउनु भयो । विशेषगरी बजारको माग अनुसार सफ्टवेयर उत्पादन, होटल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरि फरकफरक क्षेत्रका सफ्टवेयर संचालन भैरहेको उहाँको भनाई छ । बिषयगत रुपमा बजार प्रतिनिधि तयार गरेर माग अनुसारको उत्पादन गर्दै आएको उल्लेख गर्दै उहाँले सरकारी कार्यालयमा समेत सेवा दिदै आएको जानकारी गराउनु भयो ।
उहाँले भन्नु भयो—डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ । सर्भर विदेशीको लिनुपर्ने बाध्यता रहेको छ । टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको छ । यसैगरी भित्री रुपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको छ । कम्पनीका संचालक धुव न्यौपाने, ई. प्रदिप भण्डारी, जिवन कुँवर र दुर्गा भण्डारीले बजारको माग अनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताउनु भयो ।
स्थानिय युवाहरुको सक्रियतामा स्थापना भएको सो अत्याधुनिक प्रबिधियुक्त आईटि कम्पनी करीब १० करोड रुपैयाँ लागतमा स्थापित भएको हो । हाल कम्पनीले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । स्वदेशमा काठमाडौं र विदेशमा अष्ट्रेलियाको सिड्नीमा शाखा कार्यालय रहेको कम्पनीका प्रबन्ध निर्देशक माधव अर्यालले बताउनु भएको छ । आईटी र सफ्टवेयरको गुणस्तरिय सेवाका लागि बिदेश जानु पर्ने अवस्थाको अन्त्य भएको दावी उहाँले गर्नुभएको छ ।
प्रकाशित मिति : आइतबार, असार ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्