काठमाण्डाै – सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा आज हुँदैछ ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुको दाबी छ ।
समाजवादी मोर्चा बनेपछि २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति हुनेछ । मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुने या नहुने टुङ्गो लागेको छैन ।
प्रकाशित मिति : सोमबार, असार ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्