JanataToday.com

Advertisment

SKIP THIS

नेपालले अमेरिकासँगकाे खेलमा टस जित्याे, पहिला बलिङ गर्दै

नेपालले अमेरिकासँगकाे खेलमा टस जित्याे, पहिला बलिङ गर्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले अमेरिकासँगकाे खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकाे छ ।

हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा टस जित्दै नेपालका कप्तान राेहित पाैडेलले पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । आजकाे खेलमा नेपालका बलर साेमपाल कामी खेल्ने छैनन् । गएकाे आइतवार जिम्बावेसँगकाे खेलमा घाइते भएका उनी आजकाे खेलका लागि फिट नभएका हुन् ।

आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे खेलमा हार बेहाेरेका छन् । नेपाल पहिलाे खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएकाे थियाे भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : मंगलबार, असार ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij