बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गर्नु भएको हो । भोलि बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत गर्ने तयारी भएकाले यसैलाई मध्यनजर गरेर कांग्रेसले ह्वीप जारी गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सत्तारुढ दलका शीर्ष नेताहरुबीच बजेटमा देखिएको असन्तुष्टिलाई संशोधन गर्ने समझदारी बनेको नेताहरुले दाबी गर्दै आएका छन् । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट संशोधन नभइकन पास हुने दाबी गर्नुभएको छ ।

हिजो संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले बजेट कुनै पनि संशोधनविना पास हुने बताउनु भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले गएको जेठ १५ गते बजेट पेस गर्नु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij