काठमाडौँ – देशका अधिकांश भूभागमा आज (शुक्रबार) पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद सुजन सुवेदीले देशका अधिकांश भूभागमा सामान्यदेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।
उनका अनुसार देशभर दिनभरी नै सामान्य देखि पूर्ण बदलीकै अवस्था रहनेछ । काठमाडौँ उपत्यकासहितका स्थानमा अहिले पनि पानी परिरहेको छ ।
उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ । शुक्रबार राति पनि अधिकांश स्थानमा पानी पर्ने मौसमविद सुवेदीले जानकारी दिए ।
बुधवारदेखि बदली भएको मौसम शनिबारसम्म लगभग यस्तै अवस्थामा रहने पनि महाशाखाले जनाएको छ । शनिबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद सुवेदीले बताए ।
उनले पश्चिमी वायुको प्रभावले बदली र वर्षा भएको बताए ।
प्रकाशित मिति : शुक्रबार, माघ २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्