सैनामैना-रुपन्देहीको सैनामैनामा एक नव जोडीले आफ्नो विवाहको अवसरमा मलमला माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन । आज अषाढ पन्ध्र मानो रोपेर मुरी फलाउने दिन तर सैनामैनाको वडा नं. ५, का समाजसेवी तथा नेपाली काङग्रेस सैनामैनाका सचिव अर्जुन पौडेल र सविता अधिकारीको विवाहा भोजको अवसर पारी आफूले अध्ययन गरेको विद्यालय श्री मलमलादेवी माध्यमिक विद्यालय गढवामा पुगी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै नवविवाहित अर्जुन पौैडेलले हामी समाजका असल नागरिकले भोज भतेर जस्ता फजुल खर्चमा काटौती गर्दै सामाजिक कार्यमा लाग्नु पर्ने बताएका छन् । उनले भने आगामी दिनको जन्म दिन र वैवाहिक वर्षगाठको अवसर पारी यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताउदै न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक एम बहादुर क्षेत्री, शिक्षक अभिभावकसंघका अध्यक्ष रामदत्त जैसी, जेसीआई सैनामैनाका कोषाध्यक्ष अभिनय घिमिरे, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियु सभापति मनोज क्षेत्री, मिथुन अधिकारी, ठाकुर घिमिरे, बलराम भट्ठराई लगाएतको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन शिक्षक केशवराज घिमिरेले गर्नु भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्