JanataToday.com

Advertisment

SKIP THIS

तिलाेत्तमामा स्थानीय तहले गरेका विकास र सेवा प्रवाहबारे अन्तरसंवाद कार्यक्रम

तिलाेत्तमामा स्थानीय तहले गरेका विकास र सेवा प्रवाहबारे अन्तरसंवाद कार्यक्रम

रूपन्देहीको तिलाेत्तमा नगरपालिकामा स्थानीय तहले गरेका विकास र सेवा प्रवाहबारे पत्रकार अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकाे छ । शुक्रबार सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेश र तिलाेत्तमा नगरपालिकाकाे अायाेजनामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै नगरप्रमुख रामकृष्ण खाँणले पत्रकारहरू समाजकाे एेना भएकाे बताए । उनले पत्रकार र जनप्रतिनिधिहरू जहिले पनि समाजलाई शुशासनतर्फ डाेर्याउने काम गर्ने बताउँदै पत्रकारले सहि कुरालाई सहि र गलत कुरालाई गलत भन्न सक्नुपर्ने बताए । उनले कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामाथि प्रकाश पारेका थिए । कार्यक्रम उपप्रमुख जगेश्वरदेवी चाैधरीले नगरले गरेका विकास र सेवा प्रवाहबारे प्रष्ट पारेकी थिइन । त्यसैगरी प्रमुख प्रशाशकीय अधिकृत नारायण अर्यालले सदैव पत्रकारकै साथमा रहेकाे बताए । कार्यक्रममा बुटवल , तिलाेत्तमा , सिद्धार्थनगरनगरका विभिन्न सञ्चार संस्थामा अावद्ध भई काम गरेका करिब २५ जना पत्रकार महिलाहरूकाे सहभागिता रहेकाे थियाे । सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमाेल , सचिव माया केसीलगायतले बाेलेका थिए ।

प्रकाशित मिति : शुक्रबार, असार १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij