काठमाण्डाै – सुन तस्करीमा संलग्न भएको आशङ्कामा बुटवलका दुई सुन पसल सिल भएका छन् ।
सुन तस्करीमा संलग्नताको आशङ्कामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् ।
लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन् । रुपन्देहीको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको प्रहरीले जनाएको छ ।
गएको १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । दुवै सुन पसलमा सिल गरी थप अनुसन्धान अघि बढाइएको भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, असार १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्