मैथिली सेवा समाजकाे निशुल्क स्वास्थ्य शिविर सम्पन्न: १५४ बढीकाे स्वास्थ्य परिक्षण

मैथिली सेवा समाजकाे निशुल्क स्वास्थ्य शिविर सम्पन्न: १५४ बढीकाे स्वास्थ्य परिक्षण

 बुटवल– बुटवल ३ गाेलपार्कमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । मैथिली सेवा समाज नेपाल रूपन्देहीको अायाेजनामा शनिबार साे शिविर सम्पन्न भएकाे हाे । साे शिविरमा १५४ बढीले स्वास्थ्य जाँच गराएकाे समाजले जनाएकाे छ । शिविरमा पेट , छाती , दिशा -पिशाब , मृगौला , नशा तथा हाडजोर्नी , दाँत – गिजा , महिला तथा प्रसूती राेग आदि सम्बन्धि जाँच तथा विभिन्न विशेषज्ञ डॉक्टरहरुको निशुल्क परामर्श दिइएकाे थियाे । भने निशुल्क फिजियो , भिडियो एक्सरे , सुगर तथा कोलेस्ट्रॉल जाँच र निशुल्क औषधि वितरण गरिएकाे कार्यक्रम संयाेजक रिता कुमारी शाहले बताइन् । शिविरमा वरिष्ठ चिकित्साकर्मी डा शशिशेखर झा (गाइनोक्लॉजिस्ट) डा बीरेंद्र यादव (यूरोलॉजिस्ट ) डा योगेन्द्र ठाकुर( जनरल फिजिशियन, आयुर्वेद) डा गौतम मिश्र (रेडियोलॉजिस्ट) डा प्रशान्त गुप्ता (जनरल फिजिशियन) , अरूण ठाकुर (फिजियोथैरेपिस्ट) रामश्रेष्ठ सिंह (बुटवल डेन्टल), मोहन मिश्र (वरिष्ठ स्वास्थ्य कर्मी), मोती आचार्य (लुम्बिनी प्रादेशिक अस्पताल)मनिस महतो , शुभेन्द्र यादव(फार्माशिष्ट), प्रभात ठाकुर (ग्रेस फार्मा),सीताराम भक्त (CA, भैरहवा), विनोद शाह आदिको उपस्थिति रहेकाे थियाे । औषधि वितरणमा परिचारिकाहरु सुषमा शर्मा, अस्मिता पौडेल, सुमित्रा केसीले सहयोग गरेका थिए । निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउँदा बिरामीहरू हर्षित भएकाे शाहले बताइन् । समाजका अध्यक्ष अमरेन्द्र कुमार सिंहकाे अध्यक्षता रहेकाे कार्यक्रममा समाजसेवी, दुर्गा मन्दिर समितिका पूर्व अध्यक्ष, बुटवल वडा -३ सदस्य तथा समाजका आजिवन सदस्य हरि नारायण मिश्रको प्रमुख आतिथ्यता रहेकाे थियाे । समाजका उपाध्यक्ष रीता कुमारी शाहको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे । बुटवल ३ दुर्गा मन्दिर प्राङ्गढमा सम्पन्न भएकाे साे कार्यक्रममा सदस्यहरू अनिता झा , रतन कर्ण , जगत नारायण मण्डल , मनोज मंडल , निलम शाह , मनिस महत , प्रशान्त महतो प्रद्युम्न शाह ,मेनका शाह , ममता सिंह , अभिनव राज सिंह, सपना मिश्र , प्रशान्त मंडल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति : सोमबार, असार १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij