बुटवल
सिटिजन्स बैंकले तिलोत्तमाको सेमरा बजारमा एटिएम सेवा सुरु गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ सेमरा बजारमा रहेको सेमरा शाखामा विहिबार देखि एटिएम सेवा सुरु गरेको हो ।
एटिएमको उद्घाटन गर्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप श्रेष्ठले एटीएम सेवाबाट ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सिटिजन्सका देशभर १८८ शाखाबाट बैंकिङ सेवा दिईएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ५१ शाखा छन् । त्यस्तै सेमरा बजारको सहित १४७ ठाउँमा एटिम सेवा प्रदान गरेको छ ।
बैंकका सेमरा शाखा प्रबन्धक एकनारायण अर्यालका अनुसार सेमरा शाखामा हाल ११ हजार बढी ग्राहक छन् ।
प्रकाशित मिति : बिहिबार, साउन ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्