नक्कली लालपूर्जा दिने टोल विकास संस्थाका कागजात नियन्त्रणमा

नक्कली लालपूर्जा दिने टोल विकास संस्थाका कागजात नियन्त्रणमा

बुटवल -बुटवल उपमहानगरपालिकाले नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ।
बुटवल ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउसो पुगेको टोलीले नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो।
टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिनुभयो।
उहाँका अनुसार टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिनेछ।
टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीय ललिता गुरुङले बताउनुभयो। उहाँका अनुसार लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो।

प्रकाशित मिति : बुधबार, साउन १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij