काठमाडौं : सत्ता र प्रमुख प्रतिपक्षी दुवैको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि नियमित कार्यसूचीमा प्रवेश गर्ने क्रममा एमाले सांसदले उठेर विरोध गरेका थिए।
त्यसपछि अध्यक्ष गणेश तिमल्सिनाले एमाले संसदीय दलका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरुले प्रतिपक्षलाई मात्रै बोल्न दिएको भन्दै उठेर विरोध गरिरहे।
सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बसेर बैठक संचालनमा सहयोग गर्न आग्रह गरे। तर, सत्ता र प्रतिपक्षी दलका सबै सांसदले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगित भएको घोषणा गरे।
अब राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्