लुम्बिनी विकास कोषले सम्पर्क कार्यालय काठमाडौँमा राख्ने प्रस्तावविरूद्ध विरोध

लुम्बिनी विकास कोषले सम्पर्क कार्यालय काठमाडौँमा राख्ने प्रस्तावविरूद्ध विरोध

बुटवल- लुम्बिनी विकास कोषले सम्पर्क कार्यालय काठमाडौँमा राख्ने प्रस्तावको स्थानिय स्तरमा तिव्र विरोध भएको छ । कोषको उपाध्यक्षमा नियुक्त डा. ल्यार्क्याल लामाले पहिलो बैठकमै कोषको कार्यालय काठमाडौं लैजान खोजेको यहाका संघ संस्थाले विरोध गरेका हुन्।

लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकले ‘लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने’ भनी निर्णय गरेको छ ।

 

कोषका नवनियुक्त उपाध्यक्ष डा. लामाको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईको उपस्थिति छ । स्थानियहरूले उपाध्यक्षले ७ करोडमा कोषको कार्यालय साट्न खोजेको भनी उपाध्यक्षको आलोचना गरेका छन् ।

लुम्बिनी होटल संघले एक विज्ञप्ति जारी गर्दै निर्णय परिवर्तन गर्न अनुरोध गरेको छ । संघका अध्यक्ष गोविन्द ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थापना काल देखि बिगत केही वर्ष अघिसम्म पनि लुम्बिनीले यहि नियति भोगेको उल्लेख छ ।

काठमाडौँमा कोषको सम्पर्क कार्यालयको नाममा मुख्य कार्यालयको काम गर्ने, हरेक साना साना मिटिङ्ग बैठक र निर्णय उतै हुने, कार्वन्वयन लुम्बिनीमा हुँदा मात्र निर्णय थाहा पाउने, स्थानिय जनता पर्यटन व्यवसायीहरूले उपाध्यक्ष समेत नचिन्ने, स्थानियको गुनासो पिर र सुझाव समेत कुण्ठित हुनेलगायतको समस्या रहेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनीको नेतृत्व लुम्बिनीमै बसेर हुनुपर्ने उनीहरूको माग रहेको छ । यसैगरी लुम्बिनी बचाउ संघर्ष समितिले पनि कोषको निर्णयको विरोध गर्दै निर्णय फिर्ता लिन विज्ञप्ति जारी गरेको छ । समितिका संयोजक रामविकास चौधरीले विज्ञप्ति जारी गर्दै निर्णय नसच्चिए चरणवद्ध आन्दोलनको घोषणा गर्ने उल्लेख गरेका छन् । स्थानिय पालिकाका प्रतिनिधिहरूले पनि संघीयता विरोधी निर्णय तत्काल सच्चाउनुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : शनिबार, साउन २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij