काठमाण्डाै – आयाेजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलाे पटक फिफा महिला विश्वकप फुटबलकाे फाइनलमा पुगेकाे छ ।
आज बुधवार स्टेडियम अस्ट्रेलियामा भएकाे दाेस्राे सेमिफाइनल खेलमा घरेलु टाेलीलाई ३–१ गाेलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे । इङ्ग्ल्यान्डका लागि इला टाेनी, लरेन हेम्प र एलिसिया रुसाेले गाेल गरिन् । अस्ट्रेलियाका लागि साम केरले १ गाेल फर्काइन् ।
अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । स्पेन हिजाे मङ्गलवार भएकाे पहिलाे सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा पुगेकाे हाे । अस्ट्रेलियाले भने तेस्राे स्थानका लागि भाेलि बिहीवार स्विडेनसँग खेल्नेछ ।
प्रकाशित मिति : बुधबार, साउन ३१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्