डेंगु संक्रमित १६ हजार नाघे, अहिलेसम्म १२ जनाको मृत्यु

डेंगु संक्रमित १६ हजार नाघे, अहिलेसम्म १२ जनाको मृत्यु

काठमाडौं – देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान लिइसकेको छ ।

हालसम्म सुनसरीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इडिसीडीको तथ्यांक अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ ।

हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij