संसद अवरोध खुलाउन सिंहदरबारमा सर्वदलीय बैठक जारी

संसद अवरोध खुलाउन सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरूभएको छ। प्रधानमन्त्री प्रचण्डले संसद अवरोधबारे सिंहदरबारमा सबै दलका प्रमुख  नेताहरूसँग छलफल सुरू गरेका हुन्।

 

प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबनिका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद नियमित कार्यसूचीमा प्रवेश गर्न दिएको छैन।

आयोग गठनमा सहमति भइसके पनि त्यसको संरचना र क्षेत्राधिकारको मस्यौदाबारे अन्तिम निर्णय हुन बाँकी छ। मस्यौदा तयार पार्न एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे रहेको कार्यदल बनाइएको थियो। कार्यदलले हिजै उच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा आयोग बनाउने गरी मस्यौदा तयार पारे पनि हिजो सर्वदलीय बैठक बस्न नसक्दा अन्तिम निर्णय हुन सकेन।

एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यको कारण देखाउँदै सहभागी हुन नसक्ने जनाएपछि बैठक बस्न नसकेको हो। जसका कारण संसद बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो। संसद बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij