संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौँ : संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ।

 

 

बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।

यसका निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले यसको निम्ति आजै सूचना प्रकाशित हुने बताए।

उनले भने, ‘संसदीय समितिका सभापतिहरूको अविलम्ब निर्वाचन गर्नुपर्ने विषयमा छलफल भयो। ११ गते १० वटै विषयगत समितिका सभापतिहरूको निर्वाचन हुनेछ। यसरी अब प्रतिनिधि सभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुरा सुनिश्चित भएको छ। आजै सूचना प्रकाशित हुनेछ। आज यही महत्त्वपूर्ण निर्णय भएको छ।’
बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले)का सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतम उपस्थित थिए।

प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij