स्याङ्जा – स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ ।
बिरूवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
मङ्गलवार साँझ घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ ।
अरिङ्गाल पोल्नको लागि श्रेष्ठसँगै ६ जना गएकोमा अन्य ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई अन्दाजी ६०/७० वटा अरिङ्गालले चिलेको बताइएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्