JanataToday.com

Advertisment

SKIP THIS

देवदह मेलाको तयारी तिब्र, मेला सफल पार्न चरण चरणमा छलफल

देवदह मेलाको तयारी तिब्र, मेला सफल पार्न चरण चरणमा छलफल

बुटवल । रुपन्देहीको देवदहमा लाग्न थालेको मेलाको तयारी तिब्र पारिएको छ । मेला सफल बनाउनका लागि विभिन्न चरणका छलफल तथा गोष्ठिहरु पनि गरिएको छ ।

फागुन १६ देखि २७ गतेसम्म हुन लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको दिन नजिकिदै गर्दा मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले स्थानीय संघसंस्थासँगको छलफललाई तिब्रता दिएको हो ।

छलफल कार्यक्रम अन्तरगत बाणिज्य संघले मंगलबार स्थानीय विभिन्न टोल विकास संस्थाका पदाधिकारी सँग छलफल गरेको हो ।

बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका भित्र रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मेला सफल बनाउनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसैबीच संघले नगरभित्र रहेका पर्यटन समितिका संयोजकसँग तथा साँस्कृतिक उपसमितिले सांगितीक क्षेत्रमा रहेका ब्यक्तिसँग, प्रचारप्रशारका लागि स्थानीय युवासँग तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको छलफललाई मेला आयोजक मुल समिति तथा उपसमितिले छलफललाई तिब्रता दिएको हो । संघले विभिन्न समयमा स्थानीय सामाजिक तथा राजनीतिक संघसंस्थासँगको छलफललाई पनि निरन्तरता दिएको छ ।

उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार भन्ने नाराका साथ लाग्न थालेको मेलममा स्थानीय उत्पादन, कृषि, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने संघका महासचिव हरि भण्डारीले जानकारी दिए ।

फागुन १६ गतेदेखि लाग्ने मेलामा स्लो साईकल रेस, सिङ्गिङ आइडल, डान्सिङ आइडल, कपल डान्स, अन्तर आमा समूह लोक गीत प्रतियोगिता, अन्र्तर विद्यालय लोक गित प्रतियोगिता, खुल्ला लोक गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने सांस्कृतिक उपसमिति संयोजक तेजु अर्यालले जानकरी दिए ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij