धनगढी । भारतीय खेलाडी पुनित मेहेराको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित निकालेको छ ।
विराटनगरले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
रुपन्देहीले सहज जित दिलाउन आक्रमक रुपमा ब्याटिङ गर्दै पुनितले २७ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४६ रनको महत्वपूर्ण योगदान दिए । पुनितलाई १३ ओभरको दोस्रो बलमा अभिनास यादवले कप्तान करण केसीबाट क्याच गराए ।
त्यस्तै बाबर हायतले २३ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १७ रनमा आउट भए । बसन्त रेग्मि ८ र भिम सार्की १२ रनमा अविजित रहे ।
रुपन्देहीको पनि सुरुवात खराब रह्यो । पहलो ओभरको दोस्रो बलमै खाता नखोली ओपनर सन्दीप सुनार पेभिलिएन फर्के । तेस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर प्रदीप ऐरी २ रनमा आउट भए । प्रदीपलाई शुशनले आर्फै क्याच लिएका थिए । विनोद भण्डारी ७ रनमा आउट भए ।
विराटनगरका लागि भारतीय बलर अभिनास यादवले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । त्यस्तै साम्सद शेख,करण केसी र सुसन भारीले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको ९३ क्षतिमा रन बनायो । विराटनगरका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
सुरुवात विराटनगरको पनि खराव रह्यो । पहिलो ओभरको अन्तिम बलमा ओपनर हरि शंकर शाहलाई ललितसिंह भण्डारीले पुनित मेहेराबाट क्याच गराए । तेस्रो ओभरको पाँचौ बलमा ललितले आशिफ शेखलाई ८ रनमा बोल्ड आउट गरे ।
आक्रमक रुपममा रन बनाई सकेका अशाद उल्ला खानलाई पाँचौ ओभरको चौथो बलमा भिम सार्कीले उत्कृष्ट क्याच लिदै १६ रनमा पेभिलिएनको बाटो देखाएपछि विराटनगर सुरुमै धरमराएको थियो । खानले १२ बलमा २ छक्का प्रहार गरे ।
१० औं ओभरको तेस्रो बलमा १६ बलमा ४ रन बनाई खेली रहेका पृथु बाँस्कोटालाई पुनितले एलबीडब्लू आउट गरेपछि विराटनगर ४१-४ को अवस्थामा पुगेको थियो । विराटनगरको तल्लो क्रममा पनि विकेट पतन निरन्तर जारी रह्यो ।
सुवास ऐर ९, साम्सद शेख १०, अभिनास यादव ७, कुशल भुर्तेल १२, कप्तान करण केसी २ रनमा आउट हुँदा राजेश पुलामी मगर १७ रनमा नट आउट रहे ।
रुपन्देहीका लागि पुनित मेहेराले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललितसिंह भण्डारीले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । कप्तान वसन्त रेग्मिले २ तथा विक्रम शोब र कृष्ण कार्कीले समान १-१ विकेट लिए ।
प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्