काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले देशमा धार्मिक, जातीय र साम्प्रदायिक आधारमा सामाजिक सम्बन्धमा खलल पुर्याउन केही स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।
आज बिहीवार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रणमा लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्नुभएको छ । देशका विभिन्न ठाउँमा धार्मिक, जातीय वा सम्प्रदायका आधारमा सामाजिक सम्बन्धमा खलल पुर्याउन केही स्वार्थ समूह सक्रिय रहेको उहाँले बताउनुभएको छ ।
केहीअघि धरान र भर्खरै मलङ्गवामा सदियौँदेखिको सद्भाव बिथोल्ने नियोजित प्रयास भएको तर नेपाली नेपालीबीचको घनिष्ठ सामाजिक सम्बन्धले त्यसलाई सफल हुन नदिएको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसङ्ख्यकको पहिचानको सम्मान गर्न सबैमा अपिल गरेको छ । जुनसुकै धर्मावलम्बी वा समुदायको भावनालाई जुनसुकै आवरणमा चोट पुर्याई सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रण गर्न पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्