JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी केबलकारको सेवा असोज १४ गतेदेखि तीन दिनसम्म बन्द हुने

लुम्बिनी केबलकारको सेवा असोज १४ गतेदेखि तीन दिनसम्म बन्द हुने

बुटवल- लुम्बिनी केबलकारको सेवा असोज १४ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भारका लागि असोज १४ गतेदेखि १७ गतेसम्म पूर्णरुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लि.का अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए । केबलकारमा कुनै प्राविधिक समस्या आएर नभई नियमित प्रकृया अन्तर्गत पहिलोपटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको सैजूले बताए । यो केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको हो,जुन विश्वमै सवबैभन्दा सुक्षित र अत्याधुनिक प्रविधियुक्त मानिन्छ । तीन दिन सेवा बन्द हुंदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले जानकारी दिए । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेका छन् ।

प्रकाशित मिति : शनिबार, असोज १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij