JanataToday.com

Advertisment

SKIP THIS

भूमिहीनलाई पहिलो प्राथमिकता दिनुपर्छ: नेता पुन

भूमिहीनलाई पहिलो प्राथमिकता दिनुपर्छ: नेता पुन

बुटवल – नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज गणेशमान पुनले रुपन्देही जिल्लामा भएको भुमिहिन दलित ,सुकुम्वासी तथा अव्यबस्थित बसोवासीहरुको समस्यालाई सरकारले तत्काल सम्वोधन गर्नुपर्ने बताए । उहांले रुपन्देही जिल्ला भित्र भएका भूमिहीन दलित ३८८३, भूमिहीन सुकुम्बासी ६६८४, अव्यवस्थित बसोवासीहरू ६७,२३४ गरि जम्मा ७६,२३४ लाई दस्तुर घटाएर लालपुर्जा बाँड्ने कामलाई छिटो शुरु गर्नुपर्नेमा जोड दिएका छन् । रुपन्देहीमा अहिले सम्म १० वटा पालिकामा मात्र जग्गा नाप जांच भएको भन्दै वाकी रहेका छ वटा पालीमामा पनि जग्गाको नापजाँच, लागत संकलन, लालपुर्जा विस्तारको काम अगाडि बढाउन स्थानीय तहले ढिला गर्न नहुने भन्दै १० वटा पालिकामा पनि निवेदन, दर्ता छुटेकाहरुलाई पुनःदर्ता गर्न पाउने व्यबस्था गरि म्याद थप गर्न स्थानीय सरकारले सहयोग र सहजीकरणको काम गर्न ढीला गरेको आरोप समेत लगाउदै जग्गाहरुको वैज्ञानिक विश्लेषण गरि ठाउँ र प्रकृति अनुसार जग्गाको मूल्याङ्कन गर्नुपर्ने,वुटवल उपमहानगरका वडा न ११ र १२ विभिन्न टोल विकास संस्थाहरुमा समस्या देखिएको भन्दै नक्कली लालपुर्जा वितरण गर्नेलाई कार्यवाही गर्न सम्बन्धित पालीकाले वेवास्ता गरेको दावी गरे । उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको क्रममा किसानको जग्गा पुरानो वस्तीलाई थाहै नदिएर औद्योगिक क्षेत्रको नाममा जग्गा हस्तान्तरण गरिएकाले जग्गाको पुनःवर्गीकरण, पुनरावलोकन, अंशबण्डा गर्नुपर्ने, पुराना वस्ती संरक्षण र विकल्प पनि दिनुपर्ने भन्दै सामुदायिक जग्गा संरक्षण, उपयोगको बारेमा स्थानीय सरकारसँगले सबै सरोकारवाला संग बहस र अन्तरक्रिया जस्ता कार्यक्रम गरि ठोस निष्कर्ष निकाल्न अपिल गरे । आयोगले १० वर्षसम्म किनबेच गर्न नपाउने भन्नेमा कमसेकम जमिन बैंकमा राख्ने व्यबस्था मिलाउन आग्रह गदै अब पार्टीका स्थानीय कमिटीहरूले स्थानीय सरकारसँग आयोगको काम, भूमिको काम अगाडिदेखि समग्र ज्ञापनपत्र, वार्ता, अन्तरक्रिया, डेलिगेसन जाने गरी पहिलो चरणको कार्यक्रम घोषणा समेत गर्नुभयो । त्यसका लागि सबै राजनीतिक दल , भूमि सुकुम्बासी सम्बन्धी संघ, संस्था, मिडिया, लेखक, राजनीतिक दल सबैलाई समस्या समाधानका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । त्यस्तै बिशिष्ट अतिथी राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले विगतका सरकार र भुमि आयोगहरुले जनतालाई झुक्याउने काम मात्रै गरेकाले यो पटकको भुमि आयोगले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काम गर्दै जादा केहि ढिला सुस्ती भएता पनि देशका विभिन्न स्थानमा जग्गा नाप जाच तथा हस्तान्तरण गर्ने कार्य भैरहेको बताउदै अहिलेको सरकार र भुमि आयोगले जसरी हुन्छ भुमिहिन दलित ,सुकुम्वासी तथा अव्यबस्थित बसोवासीहरुको समस्यालाई तत्काल सम्वोधन गर्नका लागि सरोकारवाला निकायहरु संग वारम्बार छलफल,अन्तरक्रिया र सहकार्य गरिरहेकाले आयोगले काम गर्दैन की भन्ने भ्रमबाट मुक्त भै सरकार र आयोगलाई विश्वास गर्न आग्रह समेत गरका थिए । त्यस्तै बुटवल उपमहानगरपालीकाका प्रमुख खेलराज पाण्डेले बुटवलमा भएको सुकुम्वासी समस्या समाधानका लागि स्थानीय तहले भुमि आयोग संग निरन्तर सहकार्य गरेको बताए । पालीका भित्रका कतिपय वडा र टोल संस्थाहरुमा जग्गा विवाद भएकाले उक्त समस्या समाधानका लागि पनि टोल, वडा र पालीकाले निरन्तर बहस ,छलफल गरेर ठोस निस्कर्ष निकाली वाकी रहेका कामहरुलाई अगाडि बढाउने प्रयास भैरहेको बताए । कार्यक्रमका सहभागिहरुले अहिले सम्म बनेका सरकार र भुमि आयोगहरुले पटक पटक जनतालाई जग्गाको लालपुर्जा दिन्छौं भनि झुक्याउने तथा राजनीतिक दलहरुले चुनावी एजेण्डा बनाउने चुनाव जित्ने र सत्तामा पुगे पछि भुई तहका मान्छेहरुलाई लात हान्ने काम गरेको भन्दै अहिलेको सरकार र भुमि आयोगलाई पनि विश्वास गर्ने आधार नभएकाले कुरा भन्दा पनि काम गरेर देखाउन शुझाव दिएका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक नारायण जि.सी ( निर्मल) को अध्यक्षता र सचिब सन्त कुमार यादव सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, असोज २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij