कस्तो फिल्ममा हुँदैछ नाना पाटेकरको कमब्याक

कस्तो फिल्ममा हुँदैछ नाना पाटेकरको कमब्याक

बुटवल । भारतमा मिटू अभियानको सुरुवात अभिनेत्री तनुश्री दत्ताले गरेकी थिइन् ।

तनुश्रीले फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा अभिनेता नाना पाटेकरले उनीमाथि दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

तनुश्रीले यस विषयमा १० वर्ष अघि नै आवाज उठाएकी थिइन् तर बलिउडमा उनको आरोपलाई कसैले चासो दिएनन् ।

तर १० वर्ष पछि तनुश्रीले त्यस घटनालाई मिटू अभियानसँग जोडेर सार्वजनिक गरेपछि भने अधिकांशले उनको साथ दिए ।

तनुश्रीको आरोप पछि बलिउड फिल्म ‘हाउसफूल ४’ बाट नाना पाटेकरलाई निकालियो ।

यसका साथै नाना पाटेकरले काम गर्ने भनिएका अन्य धेरै प्रोजेक्टबाट पनि बाहिरिए ।

तर अहिले बलिउडमा मिटू अभियान सेलाउँदै गइरहेको छ ।

तसर्थ बलिउड फिल्म निर्माता फिरोज नाडियाडवाला उनको सुपरहिट फ्रेन्चाइज ‘वेलकम ३’ मा अभिनेता नाना पाटेकरलाई कास्ट गरेका छन् ।

यस फिल्मको निर्देशन अहमद खानले गर्ने बताइएको छ ।

फिल्म ‘वेलकम ३’ मा नाना पाटेकरलाई कास्ट गरिएको खबर अहिले बलिउडमा चर्चाको विषय बनेको छ ।

तर फिल्म निर्माण पक्षले भने अहिले नै नाना पाटेकरको कास्टिङको कुरालाई स्वीकार गर्न खोजेको छैन ।

निर्माण यूनिट अहिले नै यस विषयमा केही बोलेर कुनै पनि किसिमको विवादमा फस्न नचाएको बताइएको छ ।

फिल्म ‘वेलकम ३’ मा नाना पाटेकर बाहेक अभिनेता जोन अब्राहम, अनिल कपूर र परेश रावल पनि फाइनल भइसकेको बताइएको छ ।

यस अघिका फिल्म ‘वेलकम’ र ‘वेलकम ब्याक’ मा अभिनेता नाना पाटेकरको महत्वपूर्ण भूमिका रहेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij