काठमाण्डाै – जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे ।
वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरात्सुकाले १५ र किफर यामामाेटाेले १३ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्त धामी र दिपेश कँडेलले ३/३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।
यसअघि मलेसियाकाे बायाेमास ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल राेकिएकाे थियाे । नेपालका दीपक बाेहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाए ।
फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्ने पक्का भएकाे छ । यस्तै अर्काे सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेकाे यूएईले पनि यू–१९ एसिया कप खेल्ने पक्का भएकाे छ । यू–१९ एसिया कपमा पुग्ने तेस्राे टाेलीकाे टुङ्गाे जापान र सिङ्गापुरबीचकाे खेलकाे विजेताबाट लाग्नेछ । याे खेलकाे विजेताले शीर्ष ३ मा पर्दै यू–१९ एसिया कप खेल्न पाउनेछ ।
अन्तिम अपडेट: कात्तिक ४, २०८०
प्रकाशित मिति : शनिबार, कार्तिक ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्