JanataToday.com

Advertisment

SKIP THIS

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सव

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सव

बिहीबार २०० शैया अस्पताल भवनको शिलान्यास प्रधानमन्त्री प्रचण्डले गर्ने

बुटवल – सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको तयारी पुरा भएको छ । विहिबार बिहान १० बजे अस्पतालको वार्षिकत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका हुन ।

बुधबार वार्षिकोत्सवको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले वार्षिकोत्सवको सम्पुर्ण तयारी पूरा भएको बताए । बोल्दै प्रमुख पाण्डेयले हाल १०० शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण गरेको नजिता स्वरुप थप २०० शैया अस्पताल भवन निर्माणको वातावरण बनेको बताए ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले बताए । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्र प्रसाद बस्यालले बताए ।

३ वटा विषयमा ४०-४० जनाका दरले १२० जना विद्यार्थीहरुले यस वर्ष अध्ययन गर्न पाउने मेसु बस्यालले बताए । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको बताए । अस्पतालबाट आर्थिक वर्ष २०७९/८० मा ७० हजार ४८६ जनाले सेवा लिएको मेसु बस्यालले बताए । यस्तै पछिल्लो दशक आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७९/८० सम्म ६ लाख २१ हजार ९४२ जना विरामीले अस्पतालबाट सेवा प्राप्त गरेको बताए ।

कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिल कुमार दास, मुख्य प्रशासक सुरेस रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउंदै जाने बताए ।

वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij