JanataToday.com

Advertisment

SKIP THIS

सियारीमा सर्वाधिक राशिको फुटवल प्रतियोगिता हुदै

सियारीमा सर्वाधिक राशिको फुटवल प्रतियोगिता हुदै

भैरहवा – रुपन्देहिको सियारी गाउँपालिकामा भोली देखि प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटवल प्रतियोगिता २०८० हुन लागको छ ।
स्वास्थ्यका लागि खेल, राष्ट्र बिकासका लागि खेल भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा पालिका भित्रका खेलाडिहरुले भाग लिने छन् ।
प्रतियोगितामा सियारीका ६ वटा वडाका ११ टिमको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
प्रतियोगतामा वडा नम्बर ३ बाहेकका अन्य ६ बटा वडाले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र भोली दिउसो २ बजे सियारी ४ छपियाको खेल मैदानमा उद्घाटन खेल हुने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
खेल क्षेत्रको प्रबद्धनका साथै खेलका माध्ययमबाट सियारीको बिकास गर्ने तथा युवा प्रतिभाको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
उद्घाटन खेल सहित १७, १८ र १९ गतेका खेलहरु छपिया खेल मैदानमा हुने छन् भने बाँकी २१, २२ र २३ गतेका खेलहरुका सियारी ७ अमुवा स्थित खेल मैदानमा हुने प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।
उद्घाटन र समापनका दिन एउटा खेल हुने छ भने बाकि दिनमा २ वटाका दरले खेल हुने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी खिए ।
प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैया पाउने छन् भने उपबिजेताले ५१ हजार रुपैया पाउने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।
सियारीमा यति ठुलो रासिको फुटवल प्रतियोगिता पहिलो भएको दावि गरे ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij