काठमाण्डाै – कर्णाली प्रदेश सरकारले आज शोक दिवस घोषणा गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दु:ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिनुभयो।
उहाँका अनुसार राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । पीडितहरुलाई पुनर्स्थापना गर्न कुनै कसर बाँकी नराख्ने पनि मन्त्री बीसीले बताउनुभयो ।
आपत्कालीन राहतलाई व्यवस्थित गर्ने, यथार्थ तथ्याङ्क सङ्कलन गर्ने र छिटोभन्दा छिटो पुनर्निर्माणमा तत्परता दिइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, कार्तिक १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्