बुटवल -भुकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखकाे चेक हस्तान्तरण गरेकाे छ । .
बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले २५ लाखकाे चेक हस्तान्तरण गरेका हुन । कोषका तर्फबाट भुकम्प प्रभावितहरुलाई तत्काल राहातका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेकाे उपाध्यक्ष डा. लामाले बताए । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्रालय अन्तर्गत रहेका काेष सहित पशुपति क्षेत्र विकास काेष, नेपाल वायु सेवा निगम, पर्यटन बाेर्डबाट प्राप्त ४ करोड १३ लाख ९८ हजार नाै सय अठासी रूपैयाँ भुकम्प पिडित राहत कोषमा जम्मा गरि प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरिएकाे मन्त्रालयले जनाएकाे छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतका निकायहरु बाट एकमुष्ट ! रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकाे मन्त्रालयले जनाएकाे छ ।
लुम्बिनी विकास काेषले सचिवालय बैठक मार्फत भुकम्प प्रभावितहरूलाइ राहात लागि सहयाेग गर्ने निर्णय गरेकाे थियाे ।
कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गृह मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : बुधबार, कार्तिक २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्