JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनीमा दान वापत ६४ लाख ७६ हजार संकलन

लुम्बिनीमा दान वापत ६४ लाख ७६ हजार संकलन

लुम्बिनी-मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको थियो । सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मंगलबार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ संकलन भएको कोषका कोषाध्यक्ष ढण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको छ । पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन ।

प्रकाशित मिति : बुधबार, कार्तिक २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij