JanataToday.com

Advertisment

SKIP THIS

सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाद्धारा बिमाबापतको मृत्यु दावी रकम भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाद्धारा बिमाबापतको मृत्यु दावी रकम भुक्तानी

बुटवल -सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाले बिमाबापतकाे मृत्यु दावी रकम भुक्तानी गरेकाे छ । बुधबार कार्यालयमा एक कार्यक्रमका बीच रू ४० लाख ८४ हजार रकम मृत्यु दावीबापत भुक्तानी गरेकाे हाे । रूपन्देहीको सैनामैना नगरपालिका वाड नम्बर ४ मुर्गिया निवासी शुरेश चन्द्र श्रीसले ०७८ मंसिरमा सिटिजन लाईफबाट सिटिजन जीवन सारथी बिमा योजनामा रु १०/१० लाख गरी रु २० लाखको दुईवटा बिमा गरेका थिए । तर यहि भाद्र ३१ गते सडक दुर्घटनामा परी निजको उपचारको क्रममा मृत्यु भएकाेले श्रीसका श्रीमतीहरु द्व्य सीता श्रीस र अनिता श्रीसलाई रु ४० लाख ८४ हजार रकम प्रदान गरिएको हो । साे दाबी भुक्तानी कार्यक्रममा बोल्दै सिटिजन लाइफ इन्स्योरेन्स बुटवलका एरिया प्रमुख दुर्गा राज ढकालले भवितव्य बाजा बजाएर नअाउने भन्दै आज श्रीस परिवार मात्र नभैइ सिटिजन लाईफले पनि एउटा परिवारको सदस्य गुमाएको र आफुहरु दुखी भएकाे बताए । साथै यो दुखको घडीमा यसरी आर्थिक रकम भुक्तानी गर्न पाउँदा आफु सही ठाउँमा काम गरेको अनुभुति भएको धारणा व्यक्त गरेका थिए । साे पोलिसी गराउने सिनियर एजेन्सी म्यानेजर नरेन्द्र पुनको प्रसंशा गर्दै सबै अभिकर्ताहरुले यसै गरी जिम्मेवारी बोध गर्नु पर्ने सुझाव समेत दिएका थिए । कार्यक्रममा मृतक श्रीसका भाइ रमेश श्रीसले दाबी भुक्तानी निकै सहज तरिकाबाट पाएकोमा कम्पनी र शाखालाई धन्यवाद दिएका थिए । कार्यक्रम शाखा प्रवन्धक भिम सुबेदीले सञ्चालन गरेका थिए । कार्यक्रममा सिटिजन लाईफका सिनियर , जुनियर लिडर एवम मृतकका परिवारकाे उपस्थिति रहेकाे थियाे । कम्पनीले केहि दिन अघि मात्र बुटवल संगम पथ निवासी दिपक कुमार श्रेष्ठलाई घातक रोग बापत को रू २० लाख रकम दावी भुक्तानी गरेको थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij