JanataToday.com

Advertisment

SKIP THIS

चार देशीय महिला टी–२० शृङखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

चार देशीय महिला टी–२० शृङखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

काठमाण्डौ – चार देशीय महिला टी–२० शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । हङकङले जापानलाई हराएको थियो ।

हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । आईसीसीको बरियतामा तान्जानिया १९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ । यस्तै वरियतामा हङकङ २२ औँ तथा जापान ५१ औँ स्थानमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेल पर्सि मंसिर २ गते जापानसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij