चार देशीय महिला टी–२० शृङखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

चार देशीय महिला टी–२० शृङखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

काठमाण्डौ – चार देशीय महिला टी–२० शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । हङकङले जापानलाई हराएको थियो ।

हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । आईसीसीको बरियतामा तान्जानिया १९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ । यस्तै वरियतामा हङकङ २२ औँ तथा जापान ५१ औँ स्थानमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेल पर्सि मंसिर २ गते जापानसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij