रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम पश्चिम – रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

बिहान चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

चौरजहारी अस्पतालमा पुर्याएका २२ जना घाइतेको नाम दर्ता भएको र अझै विवरण सङ्कलनको काम  भइरहेको उहाँले बताउनुभयो । चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको  जीप दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ

प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij