काठमाडौं : मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको बैठक सोमबार अपराह्न बस्दैछ।
अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न ४ बजे बैठक बोलाएका हुन्।
सोमबारको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागिपूर्वतयारीस्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफलल गर्न लाग्नुभएको हो’, उनले भने।
आचार्यका अनुसार बैठकस्थल भने तय भइसकेको छैन।
प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्