JanataToday.com

Advertisment

SKIP THIS

विश्वकप छनाेटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेकाे यमनसँग खेल्दै

विश्वकप छनाेटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेकाे यमनसँग खेल्दै

काठमाण्डाै – फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मङ्गलवार यमनसँग खेल्दैछ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि यूएईसँगकाे खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए ।

गएकाे कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४–० काे गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले यूएईसँगकाे खेलमा हार बेहाेर्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरू यमनसँग खेल्न मनोवैज्ञानिकरूपमा समेत तयार रहेको प्रतिक्रिया दिए ।

फिफा वरीयतामा यमन नेपालभन्दा १७ स्थान माथि छ । वरीयतामा नेपाल १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ । नेपाल र यमनबीचकाे खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भीआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij