काठमाडौं -व्यवसायी दुर्गा प्रसाईंका २६ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँको तीनकुनेमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, आङनिमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उणेश पराजुली, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरी थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यम कुमार मैनाली, हरीप्रसाद दहाल, दिलबहादुर घिसिङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सावित्रा क्षेत्री रहेका छन् ।
उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ ।यता, जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्