JanataToday.com

Advertisment

SKIP THIS

केपी ओली कप क्रिकेट : एपिएफले लुम्बिनीलाई हरायो

केपी ओली कप क्रिकेट : एपिएफले लुम्बिनीलाई हरायो

काठमाडौं : पोखरामा जारी केपी ओली कप टी ट्वेन्टी क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित निकालेको छ ।

 

 

पोखरा रंगशालामा शनिबार भएको दोस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेको हो।

एपिएफले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी ६७ रनमा समेटियो। उसका मिर्नल गुरुङले १४ र ध्रुव सुनारले ११ रन बनाए भने रोशन गुप्ता १३ रनमा अविजित रहे। अरू खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा अरुण ऐरीले ५ विकेट लिए। भुव कार्कीले २‚ अविनाश बोहोरा र अमर रौतेलाले समान एक/एक विकेट लिए।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो।

उसका लागि लोकेस बलमे अविजित सर्वाधिक ३२ रन बनाए। कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पूर्ण विकले २३, सुमित महर्जनले १८ र आसिफ शेखले १३ रन जोडे। लुम्बिनीका रमेश कुर्मी र अभिषेक गौतमले समान दुई/दुई तथा मोहम्मद हुसैनले एक विकेट लिए।

जितसँगै २ अंक जोडेको एपिएफ समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। ​एपिएफ पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो।
 

प्रकाशित मिति : शनिबार, मंसिर ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij