राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री : शेखर काेइराला

राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री : शेखर काेइराला

बुटवल,

नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री भएको बताएका छन् । उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदै छ भन्ने केही दिनदेखी जताततै चर्चा भइरहेको छ ।

 

यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्रि प्रकरण किन भयो ?’ यस घटनालाई नेपाली कांग्रेसले गम्भीररुपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मुल गर्नुको विकल्प नभएको प्रष्ट पारे ।

 

मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचारलाई निर्मुल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नतसकिने बताउनुभएको हो । कोइरालाले भने,‘अहिले जताततै मानीसहरुमा असन्तुष्टि छ । यसको कारण केहो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो ।’

करिव ७५ प्रतिशत जनता कृषिमा आधारित भएपनि भएपनि उत्पादनलाई बढाएर कृषिमा आधारीत उद्योगहरुलाई बढाएर जान सकेमात्रे रोजगारीका अवसरहरु देशभित्रै पाउन सकिने नेता कोइरालाको दाबी छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij