अर्थतन्त्र सुधार हुँदै गए पनि नागरिकमा आशाकाे सञ्चार हुन सकेन : प्रधानमन्त्री

अर्थतन्त्र सुधार हुँदै गए पनि नागरिकमा आशाकाे सञ्चार हुन सकेन : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको अनुभूति भए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताउनुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा भएकाे ‘रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार नदेखिएको बताउनुभएकाे हाे । उहाँले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनका लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तथ्याङ्कहरूमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ । तर व्यवहार र आमनागरिकमा आशाको सञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ । अर्थतन्त्रमा केन्द्रित रहेर बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु । यसमा पनि सबैको साथ सहयोग रहने छ भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले हरेक कुरालाई नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार तयार रहेकाे प्रतिबद्धता जनाउनुभयाे । उहाँले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रम अगाडि सारिरहेको बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij