JanataToday.com

Advertisment

SKIP THIS

मौसम : पुनः वर्षा र हिमपातको सम्भावना

मौसम : पुनः वर्षा र हिमपातको सम्भावना

DofUbLdf ef/L lxdkft M DofUbLsf] d+unf ufpFkflnsf–! l:yt k"0f{ufpFdf k/]sf] lxdkft . lhNnfsf] tNnf] If]qdf !@ aif{kl5 ef/L lxdkft ePsf] 5 . t:jL/M sdn vqL, a]gL -DofUbL_ u08sL k|b]z

काठमाण्डौ । यो वर्ष लगातार रुपमा आइरहेको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भैरहेको छ । पश्चिमी वायु एकपछि अर्को लगातार रुपमा भित्रिइरहँदा निरन्तर लामो समयसम्म घाम लाग्न सकेको छैन । गएको बिहीबार भित्रिएको पश्चिमी वायु आइतबारदेखि बाहिरिएको छ ।

फेरि सोमबार भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिम, पूर्व र मध्य भूभागमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना देखिएको हो ।’ महाशाखाकी मौसमविद् मञ्जु वासीले भन्नुभयो, ‘सोमबार राति पश्चिमका केही ठाउँमा ठूलै पानी पर्ने सम्भावना रहेको छ ।’ काठमाण्डौ उपत्यकामा भने सोमबार घाम लाग्ने मौसमविद बासीको अनुमान छ ।

उहाँका अनुसार मंगलबार र बुधबार पनि देशका केही ठाउँमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको छ । यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलोपटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ ।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ । निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन । यसैको प्रभावले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा हुने गर्छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij