नवलपरासी – पूर्वी नवलपरासीमा बाघकाे आक्रमणबाट सासूबुहारीकाे ज्यान गएकाे छ ।
विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् ।
दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएकाे छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
पछिल्लो समय त्यसक्षेत्रमा बाघको आक्रमण बढ्दै गएकाे गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, पुष ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्