काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो । अस्ति बुधवार पनि सुन आजकै भाउ तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अस्ति बुधवार तोलाको एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ हिजो १५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँ तोकिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्