बुटवल । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य दिएको छ ।
मैदान हिलो भएका कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देही १०६ रनमा अल आउट भएको थियो । रुपन्देहीका लागि सुमित महर्जन र विनोद भण्डारीले क्रमश ३३ र २४ रनको योगदान गरे । बाबर हायातले १९ रन जोड्दा विक्रम सोबले ११ रनको पारी खेले ।
अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा रुपन्देहीका चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।
प्रतियोगिताबाट बाहिरिसकेका धनगढीका लागि कप्तान सोमपाल कामी, विपिन खत्री र पवन शर्राफले २–२ विकेट लिए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्