काठमाडौं,
संघीयता कार्यान्वयनकाे माग गर्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर मुख्यमन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार हेटौंडामा बसेको मुख्यमन्त्रीहरको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई अधिकार दिन प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकार प्राप्तिमा जोड दिएको थियो ।
गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरको हेटौंडा बैठक बसेकाे थियो ।
प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको मुख्यमन्त्रीहरूकाे निष्कर्ष छ ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्