कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकतामा राख्ने

कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकतामा राख्ने

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

 

हिजो अबेर सकिएको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १२ गतेदेखि बैठक बसेको थियो । बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आउँदो माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

 

पार्टीमा पटक पटक अवसर पाएका, गएको चुनावमा उम्मेदवार भएर पनि पराजित भएका तथा समानुपातिकतर्फ उम्मेदवार बनेका नेताहरुले राष्ट्रिय सभामा इच्छा देखाएपछि बैठकमा नेताहरुले नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग गरेका थिए ।

 

केन्द्रीय सदस्यहरुको दबाबपछि बैठकले अवसर नपाएका नेताहरुलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो । त्यस्तै, सरकारको एक वर्षको कामलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले खुलेर आलोचना गरेका छन् ।

 

सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र आम नागरिकका सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न बैठकले सरकारसँग माग गरेको छ ।

 

शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न, घाइतेको उपचार गर्न र परिवारजनमा परेको क्षतिका बारेमा विशेष निर्णय लिन बैठकले माग गरेको नेता विश्वकर्माले बताउनुभयो ।

 

बैठकले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि एक हजार अस्थायी आवास निर्माण सम्पन्न भएकोमा सबै नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : आइतबार, पुष १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij