बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन हुँदै

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन हुँदै

;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L kf6g, !# k'; M nlntk'/sf] afns'df/Ldf ef}lts k"jf{wf/ tyf oftfoftdGqL k|sfz Hjfnfsf] ;jf/L;fwgdf cfuhgLkl5 l/Ë/f]8sf] ;ftbf]af6f]df ;jf/L;fwg aGb u/fpFb} lxF8]sf cfGbf]ngsf/L . tl:a/ M dfwjk|;fb l3ld/]÷/f;;

काठमाण्डाै – दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले आज उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । अहिले बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गर्न लागेको हो ।

यसअघि गृह मन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोगको माग गरेका थिए ।

पीडित पक्षको माग सम्बोधन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयको तर्फबाट आयोग गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा जानेछ । बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ ।

प्रकाशित मिति : सोमबार, पुष १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij