JanataToday.com

Advertisment

SKIP THIS

दोस्रो सेभेन ए साइड नकआउट फुटबलमा मंगलबार झरना स्पोर्टस र राधाकृष्ण एफसि विजयी

दोस्रो सेभेन ए साइड नकआउट फुटबलमा मंगलबार झरना स्पोर्टस र राधाकृष्ण एफसि विजयी

रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा जारी दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल सम्पन्न भएका छन् । मंगलबारको पहिलो खेल झरना स्पोर्टस क्लब कुञ्जलापुर र रानी गञ्ज एफ सि बुटवलका बिच भएकाे छ । साे खेलमा झरना स्पोर्टस क्लब कुञ्जलापुरले रानी गञ्ज एफ सि बुटवललाई ३-१ गाेल गरी विजयी भएकाे हाे । कुञ्जलापुरका टिम कप्तान अजय थापा खेलकाे म्यान अफ द म्याच भएका छन् ।

त्यस्तै दाेस्राे खेल राधाकृष्ण एफसि र सेभेन ड्रागन भलबारीबिच भएकाे थियाे । साे खेलमा दुबै समूहले बराबरी १-१ गाेल गरेका थिए । गाेल बराबरी भएपछि खेलमा पेनाल्टी सुट अाउट भएकाे थियाे । ट्राइब्रेकरमा राधाकृष्ण एफसिले सेभेन ड्रागन भलवारीलाई १ विरुद्द २ गाेल गर्दै दोस्रो चरणकाे खेलमा प्रवेश गरेको खेल संयाेजक विनाेद गुरूङले जानकारी दिए । बुधबारकाे पहिलाे खेल नव टिकुलीगढ युवा क्लब बि र सेमरी एफ.सीबिच हुनेछ । भने दोस्रो खेल हाटी अमवा एफ.सी हाटी अमवा र संञ्जिवनी युवा क्लब देविनगरबिच हुने क्लवका दिपक श्रीसले जानकारी दिए । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे । प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । प्रतियोगितामा २६ समूहले प्रतिष्पर्धा गर्ने क्लवका सदस्य दिपक श्रीसले बताए ।

प्रकाशित मिति : मंगलबार, पुष १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij