देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षाको नयाँ अध्याय खडा गर्नुपर्छ : पूर्व राजा ज्ञानेन्द्र शाह

देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षाको नयाँ अध्याय खडा गर्नुपर्छ : पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं :‘पूर्वराजा ज्ञानेन्द्र शाहले देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षाको नयाँ अध्याय खडा गर्नुपर्ने बताएका छन् ।

भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिन बाध्य भएको बताए।

‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोस तथा विवश भएर युवा जमात बाहिरिएको छ। यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ।’ उनले भने, ‘देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षाको नयाँ अध्याय खडा गर्नुपरेको छ। देशलाई खोक्रो पार्नेगरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ।’

बुढापाका अनुभवीहरुको विचारमा हाम्रो राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनको टिप्पणी छ।

उनले राजनीतिक दलहरुप्रति संकेत गर्दै ‘हामी मात्र ठीक अरु बेठिक, हाम्रो बाटो मात्र सुबाटो अरुको कुबाटो’ भन्ने विचारबाट माथि उठ्न आग्रह गरे।

‘हामी सबैको भविष्य, सुख, शान्ति यसैमा छ। विगतको सबै दुःख बिर्साैं, मायाले मायालाई भरिदियौं, घृणाले घृणाको आगोलाई कतै जलाइदिउँ, पहिले यो आगोलाई मिलेर निभाइदिउँ।’ उनले भने,  ‘सबै कुराको समीक्षा गरौं, एउटा राम्रो मार्ग चित्र तयार गरौं, देश हामीले नै बनाउने हो । हाम्रै स्रोत साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो’।

उनले आफू सधैं नेपालीको साथमा नेपाल भित्रै रहेको र नेपालीको सुख दुःख सुविधा असुविधा, बाधा पीडा हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताए।

प्रकाशित मिति : बिहिबार, पुष १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij